Friday, October 20, 2017

Avisma एक अधुरो प्रेम कहानी!!!

म केही लेख्दै छु हजुर को लागी !!!




म हजुरको माया मा
यति धेरै हराए कि 
न मर्ने सामर्थ्य नै छ।
न बाच्ने अभिलाषा ।


यति छोटो समय मा
हजुर को माया यति धेरै भयो कि
न त म हजुर लाई पाउन नै सक्छु।
न त भुलाउन।


चोखो माया को आयु 
छोटो हुन्छ भनेर सुनेको थिए।
तर मैले अन्दाज सम्म लगाउन थिएन। 
कि यति छोटो हुन्छ भनेर।


हजुर को यति छोटो साथ मा मैले 
यति धेरै  खुशी पाये कि 
मैले मेरा सारा दुख मात्रै होइन 
आफू ले आफै लाई भुलिसकेछु।


हजुर ले मलाई 
यति धेरै  माया दिनु भयो 
कि म स्वर्गमा पुगेर पनि 
नर्क को जीवन बिताइरहेको छु।


मलाई माफ गर्नुहोस्  किनकि 
मैले हजुर को माया बुझ्न सकिन
अनि बुझेर पनि दुनियाँ को अगाडि 
ल्याउन सकिन।


हजुर को लागि ज्यान दिन तयार थिये
तर हजुर को बारेमा सुने पछि
मुटु मात्र चुडिएर गएको छ
ज्यान बेवारिसे अवस्था मा भौतारीरहेको छ।

हवस् त धन्यवाद।
Thanks for Reading


No comments:

Post a Comment