Sunday, March 18, 2018

विश्व प्रसिद्ध प्रेरक भनाइहरु जसले तपाईको जीवन बदल्न सक्छ

विश्व प्रसिद्ध प्रेरक भनाइहरु जसले तपाईको जीवन बदल्न सक्छ 

    
हुन त अरुका कुरा सुनेर मात्रै मान्छेले प्रगति गर्न वा सुध्रिन गाह्रो हुन्छ तर यसो भन्दैमा इतिहासका विशेष व्यक्तित्वहरुलाई नजरअन्दाज गर्न पनि मिल्दैन । राम्रा मान्छेहरुको अनुभव र तिनीहरुले दिएका अर्ति उपदेशहरु साँच्चै नै उपयोगी हुन्छन् । हाम्रो नेपालीमा त अर्ति जति सानाको पनि सुन्नु भन्ने भनाइ नै छ भने झन् महान् व्यक्तिहरुको प्रेरक विचारहरु नसुन्नु वा नपढ्नु त गल्ति नै हुन्छ । यहाँ हामीले तपाईहरुका लागि त्यस्तै केहि प्रेरक भनाइहरु राखेका छौँ, जसबाट तपाईहरुले ज्ञान हाशिल गर्न सक्नु हुनेछ ।
१) मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल
२) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल
३) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक
४) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
५) उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
६) अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
७) पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
८)प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन
९) दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे
१०) हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु
११) तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर । – अल्वा एडिसन
१२) मर्नु भन्दा अगाडि केही गरेर देखाउ । – अरस्तु
१३) आफ्नो भलाई चाहन्छौ भने केही काम गर , अल्छिपना त्याग तिमीले सबै पाउने छौ । – टिंगसन
१४) आफ्नो जीवनको यि शत्रुहरुलाई चिन १) अल्छिपना २) चिन्ता ३) अरुको भर ४) समयको दुरुपयोग यि ४ शत्रु माथि बिजय पाउने कोशीस गर , तिमीले जे चाहन्छौ त्यो पाउनेछौ । – सँत पितर
१५) तिमीले आफ्नो खुट्टामा आँफै बन्चरो हान्छौ जब आफ्नो समय बरबाद गर्छौ र पछी तिमीलाई पश्चाताप हुन्छ । त्यसैले अहिले नै होसियार हुनु । – अरस्तु
१६) जे भयो भई सक्यो त्यसलाई भुलीदिनु , काम गर अझै समय छ । – एड्गर एलन पो
१७) के भाग्य ईश्वरको हातमा छ ? होइन यो त अल्छिहरुको नारा हो । नत्र सबै कर्म्यठ ब्यक्तीहरुको भाग्य सधैं उज्ज्वल किन हुन्छ ? – वर्डसवर्थ
१८) मनको भावनाको दशाको नामनै सुख र दु:ख हो । – ईबने बतुता
१९) दु:ख के सुख के सबै तिम्रै हातमा छ । – शेक्सपियर
२०) स्वास्थ्य छ त सबै छ स्वास्थ्य छैन त केही छैन । – लाँगफेलो
२१) स्वास्थ्य मानिसले नै जीवनमा प्रगती गर्न सक्छ । – डाक्टर हार्मोन
२२) शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज । – भगवान गौतम बुद्ध
२३) यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ । – भगवान गौतम बुद्ध
२४)जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलीका निम्ती नछोड । – वेन्जामिन फ्रेंकलिन
२५) ज्ञान नै शक्ति हो । – फ्रान्सिस बेकन
२६) आफू नै त्यो परिवर्तन बन जुन तिमी संसारमा देख्न चाहन्छौ । – महात्मा गान्धी
२७) यदि तपाई सत्य बोल्नुहुन्छ भने तपाईलाई कुनै पनि कुरा याद राख्नुपर्नेछैन । – मार्क ट्वेन
२८) त्यो काम रोज जुन तिमीलाई हृदयदेखि नै मन पर्दछ, त्यसपछी तिमीलाई जिन्दगीभर एक दिन पनि काम गर्नुपर्नेछैन । – कन्फ्युसियस
२९) असंभव भन्ने शब्द मेरो शब्दकोशमा छैन । – नेपोलियन बोनापार्ट
३०) जित्नेहरू कुनै फरक काम गर्दैनन्, उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । – शिव खेडा
३२) तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन । – इलेनोर रूजवेल्ट
३३) गल्ती गर्नु मानविय कर्म हो र क्षमा गर्नु इश्वरिय कर्म । – अलेक्जेण्डर पोप
सफलताको लागि बिल गेट्स र वारेन बफेटका ४ साझा सुत्र
१. एउटा सही लक्ष्य निर्धारण गर । तिमीले जे प्राप्त गर्न चाहन्छौ , त्यसको स्पष्ट खाका बनाऊ । त्यसपछि त्यही अनुसार आफ्नो योजनाको खाका तयार गर र त्यो योजना अनुसार त्यतिबेलासम्म नरोकीइकन काम गर, जतिबेलासम्म तिमीले लक्ष्य प्राप्त गर्दैनौ।
२. अरुले के गरिरहेका छन् र के भन्छन् , त्यसको पछाडी नलाग । तिमीमा कस्तो क्षमता छ, आफूले के गर्न चाहन्छौ र के प्राप्त गर्न चाहन्छौ त्यसमा स्पष्ट भएर आफ्नो मनको कुरा सुन।
३. यदि तिमीले खेल जित्नु छ भने, खेलको नियमको बारेमा सपष्ट हुनुपर्छ। त्यसैले तिम्रो काम, उक्त कामको क्षेत्रको नियम, वातावरण, कामको अहिलेको अवस्था र भविष्यको सम्भावना आदि बारेमा स्पष्ट बन।
4. आफूले काममा कति समय बिताईरहेका छौ, तिम्रो काम कत्तिको प्रभावकारी भइरहेको छ, तिमीले के कुरालाई सुधार गर्नुपर्नेछ भन्ने कुराहरुको निरन्तर विचार गरिराख । बाटोमा हिंड्दै गर्दा अनेक बाधाहरु आउँछन्, ती बाधाहरुलाई नआत्तिई समाधान गर्नतर्फ लाग।
आइन्स्टाइनका प्रेरक भनाइहरु
१. अप्ठ्यारोको बीचमा नै अवसर लुकेको हुन्छ ।
२. जसले जीवनमा कुनै गल्ती नै गरेन, उसले जीवनमा केही गर्ने प्रयास नै गरेन ।
३. जीवन साइकल चलाए जस्तै हो । ब्यालेन्समा राखिराख्न तिमी हिंडीराख्नुपर्छ ।
४. सफल मानिस होइन असल मानिस बन्ने प्रयास गर ।
५. अरुको लागि बाँचेको जीवन मूल्यवान हुन्छ ।
६. कल्पना, ज्ञानभन्दा बढी शक्तिशाली हुन्छ ।
७. यो होइन म धेरै ‘स्मार्ट’ छु , साँचो त यो हो की म समस्याहरुसंग लामो समयसम्म लडीरहन्छु ।
८. अनुभव नै ज्ञानको स्रोत हो ।
९. डुंगा नदी किनारमा सुरक्षित रहन सक्छ । तर डुंगा बनाउनुको उद्देश्य त्यो होइन।
१०. जबसम्म प्रयास गर्न छोड्दैनौ, तबसम्म तिमी असफल भएको मानिदैनौ ।
११. हामीले जब हामीमा भएको सिमिततालाई स्वीकार्छौं, तब त्यसलाई जितेर अगाडी बढ्न सक्छौं ।
१२. हरेक व्यक्ति सक्षम हुन्छ । तर यदि तिमीले माछालाई रुख चढ्न नसकेको आधारमा मूल्यांकन गर्छौ भने उसलाई सधै असक्षम ठान्नेछौ ।
१३. पहिले तिमीले खेलको नियम राम्रो संग बुझ्यौ भने मात्र त्यो खेल अरुले भन्दा राम्रो खेल्न सक्छौं ।
अरु यस्तै थुप्रै जानकारीको लागि कृपया हाम्रो फेसबुक पेज ज्ञानविज्ञान लाइक तथा सेयर गर्नु होला ताकी अरु थुपै मानिसहरुले जानकारि प्राप्त गर्न सक्नुहोस l

फेरि अर्को पिडा!!!

छोडेर गएपनि तिम्रो निम्ति दुई शब्द लेख्न मन लाग्यो

आधा रात सम्म मदिरा पिउनुको 
मज्जा बेग्लै छ,
बर्बाद भएर तिम्रो अभावमा जिउनुको
मज्जा बेग्लै छ,,
दु:ख पिडा आँसु र चोट
छातीभरि गुम्साएर..
फाटेको मन झुटो हासोेले सिउनुको
मज्जा बेग्लै छ!!!

 
तिम्रो बाहेक कोहि थिएन मेरो,
सायद यहि कुरा को 
फाइदा उठायौ तिमीले।

के जरुरत थियो टाडा 
जानुको,
नजिक रहेर पनि त 


तड्पाउन सक्थ्यौ!!! 
#Avisma

तेरे लिए!!!

मुझे तो अपनो ने लुटा,
परायो मे कहाँ दम था!!
पिलाया था तो तुने जहर, 
लेकिन अमृत से कहाँ कम था!!!



जिता था जिसके लिये, 
जिसके लिये मरता था!
इक ऐसी लड्की थि, 
जिसे मे प्यार करता था!! 



मे इक बदनशिब इन्सान हु,
जो प्यार तो किया लिकिन,
उस्को यकिन नहिँ दिला पाया। 
गलत मे हु या वो हे,
छोड्के तो वो चलिगई थि, 
फरभि मे उसे गलत नहिँ बोल पाया!!
#Avisma