Monday, June 24, 2019

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

‘जानकारीको बोझ’को बारेमा कति थाहा पाउँनु भएको छ ? थाहा नपाउँनु भएको छ भने पनि कुनै बिषय ‘गुगल’ गर्दा महसुस गर्नु भएको हुन सक्छ । कुनै बिषय ‘गुगल’ गर्नुस्, प्राप्त असंख्य नतिजाहरुको चाङबाट चाहिएको जानकारी झिक्ने चुनौतिले पटक पटक समस्या पार्छ । तलको फोटो नै हेर्नुहोस्, मैले nepali tech blog भनेर गुगल गर्दा आधा सेकेन्डभन्दा केहि बढि समयमा २१ लाख ३० हजार नतिजा देखायो ।

तलको फोटो हेर्नुहोस्



अनि सोच्नुहोस् त, यो परालको कुन्युमा सियो खोजे झैँ भएन त ? यस्तोमा खोजेको कुरा पाउँन र उपयोगी अन्य सामग्री पाउँन कति गाह्रो होला !

यहाँ मैले त्यस्तै २० वटा वेबसाइटको सूचि बनाएको छु जुन इन्टरनेटको महासागरमा कतै छोपिएका छन् । तपाईलाई तिनका बारेमा जानकारी नभएको हुन सक्छ तर ति असाध्यै उपयोगी छन् ।

हेर्नुहोस् सूचि । र, मन परे सेयर गर्नुहोस् सोसल साइटमा है ।

१.गेट नोटिफाइ (Get Notify)
यो वेबसाइटले तपाईले पठाएको इमेल प्रापकले पढ्यो कि पढेन भनेर जानकारी दिन्छ । यसले प्रापकको आइपी ठेगाना, स्थान लगायत धेरै कुराको जानकारी दिन्छ ।

२. पिडिएफ स्केप (pdfescape)
यो वेबसाइटले पिडिएफ डकुमेन्टलाई अनलाइन एडिट गर्न सहयोग गर्छ । यसमा तपाईले १०० एमबि र १०० पेजसम्मको पिडिएफ एडिट गर्न सक्नुहुन्छ ।

३. वि ट्रान्सफर (wetransfer)
यसबाट तपाई निशुल्क २ जिबीसम्मका फाइलहरु पठाउँन सक्नुहुन्छ ।

४. पिक मङ्की (picmonkey)
यो अनलाइन फोटो एडिट गर्ने उत्कृष्ट वेबसाइट हो । तपाईले यसमा निशुल्क आफ्नो फोटोहरु चिटिक्क पार्न सक्नुहुन्छ ।

५. बग मि नट (bugmenot)
धेरै वेबसाइटहरुमा साइन अप गर्नु पर्ने दिक्दारी यसले अन्त्य गर्छ । यसमा धेरै वेबसाइटहरुको लगइन डिटेल पाइन्छ ।

६. जिरो डलर मुभीज् (zerodollarmovies)
युट्युबमा कतिपय च्यानलहरुले बेकारका लामा भिडियो राखेर फलानो फिल्म भन्दै झुक्याएका हुन्छन् । त्यस्तै टुक्राटुक्री फिल्मको बिगबिगी उस्तै । यसैले यो वेबसाइट फिल्म हेर्नेहरुका लागि निकै उपयोगी छ । यसले सित्तैमा हेर्न सकिने युट्युबका फिल्महरु एकै ठाउँमा उपलब्ध गराउँछ ।

यो साइटमा क्लिक गरेर फिल्महरु हेर्न सक्नुहुनेछ ।
७. स्नोप्स (snopes)
समाजमा र इन्टरनेटमा असंख्य अफवाह र हल्लाहरु चल्छन् । यस्ता हल्ला र अफवाहहरुको वास्तविकता थाहा पाउँन यो वेबसाइट अत्यन्तै उपयोगी छ । यसले वैज्ञानिक कारण सहित तिनको सत्यताको जानकारी दिन्छ ।

८. मेमराइज (Memrise)
भाषा तथा अन्य केहि कुरा सिक्न चाहनुहुन्छ भने तपाईले सित्तैमा यो वेबसाइटबाट सिक्न चाहनु हुन्छ । साना साना कुराहरुको संयोजनले सिकाउँन सक्नु यो वेबसाइटको विशेषता हो ।

९. इन्स्ट्रक्टेबल्स (instructables)
घरायासी सजावटका कुरा हुन् या पाकशिक्षा, घरका सामानहरुको पुन: प्रयोग होस् कि ससाना कुराको निर्माण, यो बेवसाइटले तपाईलाई राम्रो जानकारी दिन्छ ।

१०. सिंक डट इन (sync.in)
एउटै डकुमेन्ट धेरै जनाले एडिट गर्नु पर्ने भएमा यो वेबसाइट उपयोगी हुन्छ । यसमा एउटै समयमा भिन्न भिन्न प्रयोगकर्ताले एउटै डकुमेन्ट एडिट गर्न सकिन्छ ।

११. गिक्रोन (geacron)
यसलाई तपाई समय यात्रा या टाइम ट्राभल भन्न सक्नु हुनेछ । आजभन्दा ५ हजार बर्ष अगाडी देखि अहिले सम्म संसारको राजनीतिक नक्सामा भएको परिवर्तन यसमा देख्न सक्नुहुनेछ । पुर्णरुपमा भर पर्न नसके पनि धेरै निकट जानकारी भने यसले दिन्छ ।

१२. प्रिन्ट ह्वाट यु लाइक (printwhatyoulike)
यसले कुनै पनि बेवसाइट तथा पेजहरुलाई विज्ञापन तथा अनावश्यक सामग्री हटाएर प्रिन्ट गर्न तयार पार्छ । यसले प्रिन्ट गरिएको सामग्री पढ्न लायक मात्र बनाउँने मात्र होइन, मसि र कागजको बचत पनि गर्छ ।

१३. ओल्ड भर्सन (oldversion)
कुनै पनि एप तथा सफ्टवेयरहरुको पुरानो भर्सन चाहनेका लागि एकदमै उपयोगी वेबसाइट हो यो ।

१४. र्यान्डम युजफुल वेबसाइट्स (randomusefulwebsites)
उपयोगी जानकारी लिदै समय बिताउँन एकदमै उपयोगी वेबसाइट हो यो । यसले तपाईलाई एकै ठाउँबाट भिन्न भिन्न उपयोगी वेबसाइटमा लैजान्छ । हरेक पटक क्लिक गर्दा तपाईले फरक वेबसाइट भेट्नु हुनेछ ।

१५. डेभिड (devid)
लगभग सबै जसो मेसिनका लागि चाहिने ड्राइभर सफ्टवेयरहरु यसमा पाइन्छ । अझ यो वेबसाइटले तपाईको कम्प्युटरमा आवश्यक ड्राइभरहरु डाउनलोड गर्न र इन्स्टल गर्न निर्देशन दिन्छ । तपाईको कम्प्युटरमा कुनै आवश्यक ड्राइभर चाहिएको वा नचाहिएको खोजी गर्न यो वेबसाइट उपयोगी छ ।

१६. टाइमल्याप्स (timelapse)
बितेका ३० बर्षमा संसार कसरी परिवर्तन भयो भन्ने जानकारी यो बेवसाइटले दिन्छ । कुनै स्थान रोज्नुहोस् र त्यो स्थानमा ३० बर्षमा के के परिवर्तन भयो भन्ने थाहा पाउँनुहोस् । यसले ३० बर्षको सेटेलाइट तस्विरलाई एक मिनेट भित्र देखाउँछ ।

१७. नेपाली टेक ब्लग (NepaliTechBlog)
नेपालीमा प्रबिधीको बारेमा जानकारी पाइने यो वेबसाइट अंग्रेजी जान्दै नजान्नेका लागि पनि उपयोगी छ । तपाईले यसमा प्रबिधिसँग सम्बन्धित लेख तथा जानकारी पाउँनु हुनेछ भने आफ्ना जिज्ञासाहरु पठाउँन पनि सक्नु हुनेछ । त्यस्तै अनलाइन सेवा चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

१८. पिटेबल (ptable)
हाइड्रोजन, हिलियम, लिथियम, बेरिलियम भन्दै कतिवटा तत्वहरुका नाम भन्न सक्नु हुन्छ ? तिनका बारेमा कति जानकारी छ ? जान्न मन हुनेहरुका लागि भने यो वेबसाइट एकदमै उपयोगी छ । यसले विकिपेडिया लगायतका जानकारीहरु एकत्रित गरेर तपाई देखाइदिन्छ ।

१९. जस्ट डिलिट डट मि (justdelete)
कतिपय वेबसाइटहरुमा कुनै उपयोगिताका लागि साइन अप गरिन्छ र पछि बिर्सिइन्छ । तर त्यसले तपाईको इमेल तथा जानकारीको दुरुपयोग गरिरहेको हुन् सक्छ । यसैले यो वेबसाइट त्यस्ता साइटहरुबाट आफ्नो प्रोफाइल हटाउँन एकदमै उपयोगी छ ।

२०. माइ फ्याक्स (myfax)
सित्तैमा फ्याक्स पठाउँन वा प्राप्त गर्नका लागि अत्यन्तै उपयोगी वेबसाइट हो यो ।

यो जानकारी कस्तो लाग्यो तपाईलाई ? यसमध्ये कति तपाईले सुन्नु भएको थियो ? कुन तपाईको लागि उपयोगी हुने भयो ? कृपया कमेन्टमा लेख्नुहोला । यो जानकारी राम्रो लाग्यो भने सेयर गर्न नबिर्सिनुहोला ।

अनि, ब्लग वेबसाइट चलाउँने साथीहरुले यो पोस्ट आफ्नो ब्लग वा वेबसाइटमा राख्दा मेरो ब्लगको यो लिंक (http://nepalitechblog.com/archives/327) लाई स्रोत खुलाएर राख्न नबिर्सनुहोला । धन्यवाद ।

Monday, June 3, 2019

Some important shortcut key for computer keyboard.

Save Your time with Short Cut 📌


Ctrl + A - Select All
Ctrl + B - Bold
Ctrl + C - Copy
Ctrl + D - Fill
Ctrl + F - Find
Ctrl + G - Find next instance of text
Ctrl + H - Replace
Ctrl + I - Italic
Ctrl + K - Insert a hyperlink
Ctrl + N - New workbook
Ctrl + O - Open
Ctrl + P - Print
Ctrl + R - Nothing right
Ctrl + S - Save
Ctrl + U - Underlined
Ctrl + V - Paste
Ctrl W - Close
Ctrl + X - Cut
Ctrl + Y - Repeat
Ctrl + Z - Cancel
F1 - Help
F2 - Edition
F3 - Paste the name
F4 - Repeat the last action
F4 - When entering a formula, switch between absolute / relative references
F5 - Goto
F6 - Next Pane
F7 - Spell Check
F8 - Extension of the mode
F9 - Recalculate all workbooks
F10 - Activate Menubar
F11 - New graph
F12 - Save As
Ctrl +: - Insert the current time
Ctrl +; - Insert the current date
Ctrl + "- Copy the value of the cell above
Ctrl + '- Copy the formula from the cell above
Shift - Offset Adjustment for Additional Functions in the Excel Menu
Shift + F1 - What is it?
Shift + F2 - Edit cell comment
Shift + F3 - Paste the function into the formula
Shift + F4 - Search Next
Shift + F5 - Find
Shift + F6 - Previous Panel
Shift + F8 - Add to the selection
Shift + F9 - Calculate the active worksheet
Shift + F10 - Popup menu display
Shift + F11 - New spreadsheet
Shift + F12 - Save
Ctrl + F3 - Set name
Ctrl + F4 - Close
Ctrl + F5 - XL, size of the restore window
Ctrl + F6 - Next Workbook Window
Shift + Ctrl + F6 - Previous Workbook Window
Ctrl + F7 - Move window
Ctrl + F8 - Resize Window
Ctrl + F9 - Minimize the workbook
Ctrl + F10 - Maximize or Restore Window
Ctrl + F11 - Inset 4.0 Macro sheet
Ctrl + F1 - Open File
Alt + F1 - Insert a graph
Alt + F2 - Save As
Alt + F4 - Output
Alt + F8 - Macro dialog
Alt + F11 - Visual Basic Editor
Ctrl + Shift + F3 - Create a name using the names of row and column labels
Ctrl + Shift + F6 - Previous Window
Ctrl + Shift + F12 - Printing
Alt + Shift + F1 - New spreadsheet
Alt + Shift + F2 - Save
Alt + = - AutoSum
Ctrl + `- Toggle value / display of the formula
Ctrl + Shift + A - Insert the argument names in the formula
Alt + down arrow - automatic view list
Alt + '- Format Style Dialog
Ctrl + Shift + ~ - General Format



                            Thankyou...

केही महत्त्वपूर्ण लाईनहरु जस्ले तपाईंको जिवनमा परिवर्तन ल्याउन सक्छ।

Most Reading Motivational Line Don't forget, एक पटक अवस्य पढ्नुहोला। हजुर को जीवन मा काम लाग्न सक्नेछ । 


" सफल हुनको लागि एक्लै अगाडि बढ्नुपर्दछ , मान्छे त  पछाडी तब आउँछ जब हामी सफल हुन थाल्छौ "

"गल्ति जिन्दगीको एक पन्ना हो , तर नाता पुरै किताब हो , आवश्यक पर्दा गल्तिको एक पन्ना च्यात्नु तर एक पन्नाको लागि पुरै किताब नच्यात्नु"

" गन्तव्य त्यस्तो चाहियो कि जुन दिन म हारे पनि त्यो दिन जित्नेहरुको भन्दा धेरै मेरै  चर्चा होस "

" हुकुमत उसैले गर्दछ जसले अरुको दिलमाथी राज गरेको हुन्छ , नत्र भने ताज त गल्लिको भाले कुखुराको टाउको मा पनि हुन्छ "

" रेस त्यो मान्छेहरुले लगाउछन जसलाई आफ्नो किस्मत अन्दाज गर्न चाहन्छन  , म त त्यो खेलाडी हु जो किस्मतको साथ खेल्ने गर्दछु "

" म जान्दछु कि बादशाह बन्ने जस्तो कुरा मेरोमा केही छैन तर यो कुरा पनि सुन्नुस साथिहरु .... कि म जस्तो बन्ने बादशाह को पनि  औकात छैन "

" खेल तासको होस या जिन्दगीको ....आफ्नो एक्का  तब नै देखाउनु जब सामने बादशाह हुन्छ "

" भाग्यमानी त्यो होइन जसको नसिब राम्रो छ , भाग्यमानी त्यो हो जो आफ्नो नसिबबाट खुशी छ "

" सुन्दरता हमेशा देख्नेहरुको मनमा र नजरमा हुन्छ , नत्रभने गल्ती निकाल्नेहरुले त चन्द्रमामा पनि दाग देख्छन "

" काम यस्तो गर्नुस कि ` नाम ´ भइदिओस , नाम यस्तो बनाउनुस कि सुन्नेबित्तिकै ` काम ´ भइदिओस "

" कठिन परीस्थितिमा समझदार व्यक्तिले बाटो खोज्छ भने कायरले बहाना "

" मेरो - तिम्रो , सानो - ठुलो , आफ्नो - विरानो , मनबाट हटाइदेउ ... फेरि सब तिम्रो हो , तिमी सबको हौ "

 "प्रायः सफलता उनीहरुले जितेका हुन्छन् जल्लाई यो थाहा हुदैन कि हारलाइ हराउन सकिदैन"

 "ईश्वरले तिम्रा निम्ति काम गर्दैनन् बरु तिमी संगै काम गर्दछन"

"प्रत्येक समस्या उपहार हुन् किनकि तिनीहरुको विना अघि बढ्न सकिदैन"

"यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक छन पास भएकाहरु कामदार "

 "लक्ष्य बिनाको जिन्दगी बिना ठेगाना लेखिएर छोडेको चिठ्ठी जस्तै हो । जुन कुनै ठाउँमा पुग्दैन"

 "जीत हासिल गर्नुछ भने आफ्नो कर्मलाई बढाउनुहोस, किस्मतको रोटि त कुकुरको भाग्यमा पनि हुन्छ"

"जिन्दगी फेसवुक जस्तै छ, मानिसहरू समस्याहरूमाथी लाइक र कमेन्ट गर्छन्, तर कसैले समस्या समाधान गर्न तर्फ लाग्दैनन् किनभने सबैजना आफ्नै स्टाटस अपलोड गर्न मै व्यस्त छन्"

" यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस , किनकी दुनियाँमा यस्तो पनि मान्छे छ जसको खुट्टा नै छैन "

" यदि आँखामा सुन्दरता छ भने तपाइलाई दुनियाँ राम्रो लाग्छ,
यदि तपाइको बोल्ने जिब्रो सहि छ भने तपाई दुनियाँलाई राम्रो लाग्नुहुन्छ "

" जिन्दगी यसरी जिउनुस कि कोहि हाँस्छन भने हाम्रो कारणले हाँसोस , हामी माथी होइन ,
र कोहि रोयो भने हाम्रो लागि रोयोस , हाम्रो कारणले होइन "

" राख हौसला त्यो समय पनि आउनेछ
  प्यासिको माझ समुद्र पनि आउनेछ ,
 थाकेर नबस्नु हे लक्ष्यको यात्री
लक्ष्य पनि मिल्नेछ र मिल्नुको मजा पनि आउनेछ "

"सयौ हजारौ दुख  दर्द मन्द भेटिन्छ
  काम लिने  व्यक्ती छिट्टै भेटिन्छ ,
  जब समस्या पर्छ तब सबैको
  ढोका बन्द भेटिन्छ "

" सपना र लक्ष्यमा एउटै भिन्नता छ ,
सपनाको लागि बिना मेहनतको निद्रा चाहिन्छ
र लक्ष्यको लागि बिना निद्राको मेहनत चाहिन्छ "

" जिन्दगीमा हरेक मौकाको मज्जाले फाइदा उठाउनुस तर कसैको बाध्यता र विवशताको होइन "

" जिन्दगीमा धेरै समस्या आउँनेछ तर भगवानसँग कहिल्यै गुनासो नगर्नुस , किनकी भगवान यस्तो डाइरेक्टर हो जसले सबैभन्दा कठिन रोल " बेस्ट एक्टर " लाई नै दिन्छ "