Monday, June 24, 2019

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

२० उपयोगी वेबसाइटहरु, जसका बारेमा तपाईलाई थाहा नहुन सक्छ ।

‘जानकारीको बोझ’को बारेमा कति थाहा पाउँनु भएको छ ? थाहा नपाउँनु भएको छ भने पनि कुनै बिषय ‘गुगल’ गर्दा महसुस गर्नु भएको हुन सक्छ । कुनै बिषय ‘गुगल’ गर्नुस्, प्राप्त असंख्य नतिजाहरुको चाङबाट चाहिएको जानकारी झिक्ने चुनौतिले पटक पटक समस्या पार्छ । तलको फोटो नै हेर्नुहोस्, मैले nepali tech blog भनेर गुगल गर्दा आधा सेकेन्डभन्दा केहि बढि समयमा २१ लाख ३० हजार नतिजा देखायो ।

तलको फोटो हेर्नुहोस्



अनि सोच्नुहोस् त, यो परालको कुन्युमा सियो खोजे झैँ भएन त ? यस्तोमा खोजेको कुरा पाउँन र उपयोगी अन्य सामग्री पाउँन कति गाह्रो होला !

यहाँ मैले त्यस्तै २० वटा वेबसाइटको सूचि बनाएको छु जुन इन्टरनेटको महासागरमा कतै छोपिएका छन् । तपाईलाई तिनका बारेमा जानकारी नभएको हुन सक्छ तर ति असाध्यै उपयोगी छन् ।

हेर्नुहोस् सूचि । र, मन परे सेयर गर्नुहोस् सोसल साइटमा है ।

१.गेट नोटिफाइ (Get Notify)
यो वेबसाइटले तपाईले पठाएको इमेल प्रापकले पढ्यो कि पढेन भनेर जानकारी दिन्छ । यसले प्रापकको आइपी ठेगाना, स्थान लगायत धेरै कुराको जानकारी दिन्छ ।

२. पिडिएफ स्केप (pdfescape)
यो वेबसाइटले पिडिएफ डकुमेन्टलाई अनलाइन एडिट गर्न सहयोग गर्छ । यसमा तपाईले १०० एमबि र १०० पेजसम्मको पिडिएफ एडिट गर्न सक्नुहुन्छ ।

३. वि ट्रान्सफर (wetransfer)
यसबाट तपाई निशुल्क २ जिबीसम्मका फाइलहरु पठाउँन सक्नुहुन्छ ।

४. पिक मङ्की (picmonkey)
यो अनलाइन फोटो एडिट गर्ने उत्कृष्ट वेबसाइट हो । तपाईले यसमा निशुल्क आफ्नो फोटोहरु चिटिक्क पार्न सक्नुहुन्छ ।

५. बग मि नट (bugmenot)
धेरै वेबसाइटहरुमा साइन अप गर्नु पर्ने दिक्दारी यसले अन्त्य गर्छ । यसमा धेरै वेबसाइटहरुको लगइन डिटेल पाइन्छ ।

६. जिरो डलर मुभीज् (zerodollarmovies)
युट्युबमा कतिपय च्यानलहरुले बेकारका लामा भिडियो राखेर फलानो फिल्म भन्दै झुक्याएका हुन्छन् । त्यस्तै टुक्राटुक्री फिल्मको बिगबिगी उस्तै । यसैले यो वेबसाइट फिल्म हेर्नेहरुका लागि निकै उपयोगी छ । यसले सित्तैमा हेर्न सकिने युट्युबका फिल्महरु एकै ठाउँमा उपलब्ध गराउँछ ।

यो साइटमा क्लिक गरेर फिल्महरु हेर्न सक्नुहुनेछ ।
७. स्नोप्स (snopes)
समाजमा र इन्टरनेटमा असंख्य अफवाह र हल्लाहरु चल्छन् । यस्ता हल्ला र अफवाहहरुको वास्तविकता थाहा पाउँन यो वेबसाइट अत्यन्तै उपयोगी छ । यसले वैज्ञानिक कारण सहित तिनको सत्यताको जानकारी दिन्छ ।

८. मेमराइज (Memrise)
भाषा तथा अन्य केहि कुरा सिक्न चाहनुहुन्छ भने तपाईले सित्तैमा यो वेबसाइटबाट सिक्न चाहनु हुन्छ । साना साना कुराहरुको संयोजनले सिकाउँन सक्नु यो वेबसाइटको विशेषता हो ।

९. इन्स्ट्रक्टेबल्स (instructables)
घरायासी सजावटका कुरा हुन् या पाकशिक्षा, घरका सामानहरुको पुन: प्रयोग होस् कि ससाना कुराको निर्माण, यो बेवसाइटले तपाईलाई राम्रो जानकारी दिन्छ ।

१०. सिंक डट इन (sync.in)
एउटै डकुमेन्ट धेरै जनाले एडिट गर्नु पर्ने भएमा यो वेबसाइट उपयोगी हुन्छ । यसमा एउटै समयमा भिन्न भिन्न प्रयोगकर्ताले एउटै डकुमेन्ट एडिट गर्न सकिन्छ ।

११. गिक्रोन (geacron)
यसलाई तपाई समय यात्रा या टाइम ट्राभल भन्न सक्नु हुनेछ । आजभन्दा ५ हजार बर्ष अगाडी देखि अहिले सम्म संसारको राजनीतिक नक्सामा भएको परिवर्तन यसमा देख्न सक्नुहुनेछ । पुर्णरुपमा भर पर्न नसके पनि धेरै निकट जानकारी भने यसले दिन्छ ।

१२. प्रिन्ट ह्वाट यु लाइक (printwhatyoulike)
यसले कुनै पनि बेवसाइट तथा पेजहरुलाई विज्ञापन तथा अनावश्यक सामग्री हटाएर प्रिन्ट गर्न तयार पार्छ । यसले प्रिन्ट गरिएको सामग्री पढ्न लायक मात्र बनाउँने मात्र होइन, मसि र कागजको बचत पनि गर्छ ।

१३. ओल्ड भर्सन (oldversion)
कुनै पनि एप तथा सफ्टवेयरहरुको पुरानो भर्सन चाहनेका लागि एकदमै उपयोगी वेबसाइट हो यो ।

१४. र्यान्डम युजफुल वेबसाइट्स (randomusefulwebsites)
उपयोगी जानकारी लिदै समय बिताउँन एकदमै उपयोगी वेबसाइट हो यो । यसले तपाईलाई एकै ठाउँबाट भिन्न भिन्न उपयोगी वेबसाइटमा लैजान्छ । हरेक पटक क्लिक गर्दा तपाईले फरक वेबसाइट भेट्नु हुनेछ ।

१५. डेभिड (devid)
लगभग सबै जसो मेसिनका लागि चाहिने ड्राइभर सफ्टवेयरहरु यसमा पाइन्छ । अझ यो वेबसाइटले तपाईको कम्प्युटरमा आवश्यक ड्राइभरहरु डाउनलोड गर्न र इन्स्टल गर्न निर्देशन दिन्छ । तपाईको कम्प्युटरमा कुनै आवश्यक ड्राइभर चाहिएको वा नचाहिएको खोजी गर्न यो वेबसाइट उपयोगी छ ।

१६. टाइमल्याप्स (timelapse)
बितेका ३० बर्षमा संसार कसरी परिवर्तन भयो भन्ने जानकारी यो बेवसाइटले दिन्छ । कुनै स्थान रोज्नुहोस् र त्यो स्थानमा ३० बर्षमा के के परिवर्तन भयो भन्ने थाहा पाउँनुहोस् । यसले ३० बर्षको सेटेलाइट तस्विरलाई एक मिनेट भित्र देखाउँछ ।

१७. नेपाली टेक ब्लग (NepaliTechBlog)
नेपालीमा प्रबिधीको बारेमा जानकारी पाइने यो वेबसाइट अंग्रेजी जान्दै नजान्नेका लागि पनि उपयोगी छ । तपाईले यसमा प्रबिधिसँग सम्बन्धित लेख तथा जानकारी पाउँनु हुनेछ भने आफ्ना जिज्ञासाहरु पठाउँन पनि सक्नु हुनेछ । त्यस्तै अनलाइन सेवा चाहिएमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

१८. पिटेबल (ptable)
हाइड्रोजन, हिलियम, लिथियम, बेरिलियम भन्दै कतिवटा तत्वहरुका नाम भन्न सक्नु हुन्छ ? तिनका बारेमा कति जानकारी छ ? जान्न मन हुनेहरुका लागि भने यो वेबसाइट एकदमै उपयोगी छ । यसले विकिपेडिया लगायतका जानकारीहरु एकत्रित गरेर तपाई देखाइदिन्छ ।

१९. जस्ट डिलिट डट मि (justdelete)
कतिपय वेबसाइटहरुमा कुनै उपयोगिताका लागि साइन अप गरिन्छ र पछि बिर्सिइन्छ । तर त्यसले तपाईको इमेल तथा जानकारीको दुरुपयोग गरिरहेको हुन् सक्छ । यसैले यो वेबसाइट त्यस्ता साइटहरुबाट आफ्नो प्रोफाइल हटाउँन एकदमै उपयोगी छ ।

२०. माइ फ्याक्स (myfax)
सित्तैमा फ्याक्स पठाउँन वा प्राप्त गर्नका लागि अत्यन्तै उपयोगी वेबसाइट हो यो ।

यो जानकारी कस्तो लाग्यो तपाईलाई ? यसमध्ये कति तपाईले सुन्नु भएको थियो ? कुन तपाईको लागि उपयोगी हुने भयो ? कृपया कमेन्टमा लेख्नुहोला । यो जानकारी राम्रो लाग्यो भने सेयर गर्न नबिर्सिनुहोला ।

अनि, ब्लग वेबसाइट चलाउँने साथीहरुले यो पोस्ट आफ्नो ब्लग वा वेबसाइटमा राख्दा मेरो ब्लगको यो लिंक (http://nepalitechblog.com/archives/327) लाई स्रोत खुलाएर राख्न नबिर्सनुहोला । धन्यवाद ।

No comments:

Post a Comment